
काठमाडौं ।
मिडियाटेकले हालै आफ्नो नयाँ फ्ल्यागशिप चिपसेट डाइमेन्सिटी ९०००+ सार्वजनिक गरेको छ।
यो चिपसेट यसअघि बजारमा उपलब्ध डाइमेन्सिटी ९००० को सुधारिएको र अपडेटेड भर्सन हो।
यसमा ५ प्रतिशत सीपीयू तथा १० प्रतिशत ग्राफिक्स बूस्ट गरिएको ५ भने इमेज सिग्नल प्रोसेसिङ तथा फाइभजी मोडममा पनि सुधार ल्याइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
डाइमेन्सिटी ९०००+ मा दुई ओटा कर्टेक्स-एक्स२ हाइ पर्फर्मेन्स कोर रहेको छ। यसको फर्म्याट १+३+४ को रहेको छ जसमा ३ ओटा कर्टेक्स-ए७१० र चार ओटा हाइ-इफिसियन्सी कर्टेक्स-ए५१० कोर रहेका छन्। यसमा सुधारिएको माली-जी७१० एमसी१० जीपीयू रहेको छ।
मिडियाटेकको इमागिग ७९०ले क्यामराबाट एकैपटक १८ बिट एचडीआर भिडियो क्याप्चर गर्न सक्छ।
जीएसएमएनाका अनुसार यसले ३२० मेगापिक्सेलसम्मका स्थिर फोटो सपोर्ट गर्छ भने यसमा प्रति सेकेन्ड ९ गिगापिक्सेल प्रोसेसिङ क्षमता रहेको छ। यसबाहेक यो चिपसेटमा एआई न्वाइज रिडक्सनसहितको फोरके एभडीआर भिडियो सपोर्ट पनि रहेको छ।
प्रकाशित: ९ असार २०७९, बिहीबार