लाभाको नयाँ स्मार्टफोन ब्लेज आउँदै, फोन बिग्रेमा कम्पनीले घरमै गएर बनाइदिने

  • Technology Khabar | ८ असार २०७९, बुधबार
लाभाको नयाँ स्मार्टफोन ब्लेज आउँदै, फोन बिग्रेमा कम्पनीले घरमै गएर बनाइदिने

काठमाडौं ।

भारतीय कम्पनी लाभाले आफ्नो नयाँ स्मार्टफोन ब्लेज सार्वजनिक गर्ने भएको छ।

ब्लेज जूनको अन्त्यसम्म सार्वजनिक हुने जागरणले उल्लेख गरेको छ।

लाभा कम्पनीका अध्यक्ष तथा बिजनेस हेड सुनिल रैनाले सार्वजनिक पूर्व ब्लेज फोनको तस्विर आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेका छन्।

साथै उनले कम्पनीले ब्लेज सिरिज अन्तर्गत आफ्नो नयाँ सिरिज ल्याउँने छ जसको मूल्य १० हजार भारु भन्दा कम हुनेछ।

यस सिरिजको फोनमा खराबी आएमा ग्राहक सर्भिस सेन्टर जानु पर्दैन कम्पनीका प्रतिनिधि ग्राहककै घरमै पुगेर सेवा दिनेछन्।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...