सन् २०२२ मा फाइभजी ग्राहकहरु १ अर्ब नाघ्ने एरिक्सनको अपेक्षा

  • Technology Khabar | ८ असार २०७९, बुधबार
सन् २०२२ मा फाइभजी ग्राहकहरु १ अर्ब नाघ्ने एरिक्सनको अपेक्षा

काठमाडौं ।

स्विडेनको ‍दूरसञ्चार उपकरण निर्माता कम्पनी एरिक्सनले २०२२ मा विश्वभर फाइभजी ग्राहक १ अर्ब पुग्ने अपेक्षा गरेको छ।

चीन र उत्तर अमेरिकामा फाइभजी ग्राहक उल्लेख्य थपिएकाले यो आँकडा छुन सक्ने कम्पनीको अपेक्षा रहेको रोयटर्सले उल्लेख गरेको छ।

रुस-यूक्रेन युद्धका कारण कमजोर बनेको विश्वको अर्थतन्त्र तथा अनिश्चितताका कारण कम्पनीले २०२२ का लागि आफ्नो अनुमानित प्रक्षेपण घटाएर १० करोड डलर राखेको कम्पनीको द्विवार्षक मोबिलिटी रिपोर्टमा उल्लेख गरिएको छ।

चीनको ह्वावे तथा फिनल्याण्डको नोकियासँग प्रतिस्पर्धा गर्ने एरिक्सन फाइभजी लगायत मोबाइल गियरको अग्रणी आपूर्तिकर्ता रहँदै आएको छ।

यो वर्षको पहिलो त्रैमासमा फाइभजी ग्राहक ७ करोडले बढेर ६२ करोड पुगेकामा फोरजीका ग्राहक पनि ७ करोड नै बढेर ४ अर्ब ९० करोड पुगेको रोयटर्सले उल्लेख गरेको छ।

फाइभजी नेटवर्कले यसअघिको जेनेरेशनको तुलनामा अझ थप स्पीड प्रदान गर्दै मेशिनहरुलाई एक आपसमा जोड्दै अटोनोमस ड्राइभिङजस्तो भविष्योन्मुख फिचर इनेबल गर्न सक्ने बनाउँछ।

विश्वभरमा सन् २०२७ मा ४ अर्ब ४० करोड फाइभजी ग्राहक पुग्ने आकलन गरिएको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...