प्रतिस्पर्धाविरोधी मुद्दा जितेपछि ईयूसँग ६२ करोड डलर ब्याज माग गर्दै इन्टेल

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
प्रतिस्पर्धाविरोधी मुद्दा जितेपछि ईयूसँग ६२ करोड डलर ब्याज माग गर्दै इन्टेल

काठमाडौं ।

अमेरिकी चिप निर्माता इन्टेलले यूरोपियन यूनियनसँग ६२ करोड डलर माग गर्ने भएको छ।

५ महिनाअघि बेलायतको दोस्रो ठूलो अदालतले ईयूले उसमाथि लगाएको १ अर्ब ६ करोड डलरको जरिबानासहितको मुद्दा उल्ट्याइदिएपछि ब्याजस्वरुप ६२ करोड ४० लाख डलर माग गर्ने भएको रोयटर्सले उल्लेख गरेको छ।

उक्त अदालतले गत वर्ष यस्ता कारणबाट हुन जाने क्षतिको ब्याज माग गर्न पाउने गरी नियम जारी गर्दै ईयूलाई हारिएका प्रतिस्पर्धाविरोधी मुद्दामा ब्याज रकम शोध भर्ना गर्न आदेश दिएको थियो।

न्यायाधीशहरुले ब्याज रकम ढिला तिरेमा त्यसको पनि ब्याज लाग्ने चेतावनी दिएका छन्।

इन्टेलले लक्जम्बर्गमा रहेको अदालतलाई ईयूले ब्याज रकम नतिरेको बताएको थियो।

यूरोपियन यूनियन अन्तर्गतको २७ देशमा प्रतिस्पर्धाविरोधी नियामक संस्थाले गत जनवरीमा मुद्दा हारेपछि इन्टेललाई १.२ अर्ब डलर फिर्ता गरेको थियो।

इन्टेलले आफ्नो दावी यूरोपियन सेन्ट्रल बैंकले निर्धारण गरेको ब्याजको आधारमा तय गरिएको बताएको छ।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार