
काठमाडौं ।
मोबाइल फोनमै पीडीएफ फाइल बनाउन सकिन्छ। तर धेरै मानिसलाई पीडीएफ बनाउन ल्यापटप वा पीसीको आवश्यकता पर्छ भन्ने लाग्न सक्छ। मोबाइल फोनको सहायतले फोटो वा डकुमेन्टलाई पीडीएफमा परिवर्तन गर्न सकिन्छ।
यसरी बनाउन सकिन्छ मोेबाइलमै पीडीएफ फाइलः
एन्ड्रोइड
सबैभन्दा पहिला गूगल ड्राइभ एप खोल्ने।
तल बाँया तर्फ एडको बटन देखिन्छ, त्यसमा ट्याप गर्ने।
स्क्यानमा ट्याप गर्ने।
स्क्यान गर्न चाहेको डकुमेन्टको फोटो खिच्ने। आफूलाई चाहिएको एरियाको स्क्यान गर्ने र त्यसलाई क्रप गर्ने।
फेरि फोटो लिने र मौजूदा पेजमा रि-स्क्यान गर्ने।
दोस्रो पेजलाई पनि स्क्यान गर्ने, एडमा ट्याप गर्ने।
डकुमेन्टलाई सेभ गर्न डन ट्याप गर्ने।
आईओएस
आईफोन वा आईप्याडमा नोट खोल्ने।
एउटा नयाँ नोट बनाउने वा त्यसमा डकुमेन्ट एड गर्नका लागि कुनै उपलब्ध डकुमेन्टमा ट्याप गर्ने।
स्क्रीनको तल वा किबोर्डको माथि रहेको क्यामरा बटन ट्याप गर्ने।
स्क्यान डकुमेन्टमा ट्याप गर्ने।
स्क्यान गर्न खोजिएको डकुमेन्टको सूची तयारी गर्नुहोस्।
यदि स्क्यानरले अटोमेटिकली डकुमेन्टलाई स्क्यान गर्दैन भने शटर बटनलाई ट्याप गर्ने। स्क्यान गर्न चाहेको हरेक दस्तावेजका लागि यो स्टेप दोर्याउनु पर्छ।
आवश्यक सबै पेज स्क्यान भएपछि सेभमा ट्याप गर्ने।
अनलाइनबाट पनि बनाउन सकिन्छ
यदि तपाईहरुलाई माथि दिएको तरिकाबाट पीडीएफ बनाउन समस्या भए अनलाइनबाट पनि पीडीएफ बनाउन सकिन्छ। यसका लागि अनलाइनमा धेरै पीडीएफ बनाउने वेबसाइटहरु उपलब्ध छन्।
प्रकाशित: ७ असार २०७९, मंगलवार