टोयोटाले गाडी जाँच्न साइबरलिङ्कको एआई फेसियल रिकग्निसन इन्जिन प्रयोग गर्ने

  • Technology Khabar | ६ असार २०७९, सोमबार
टोयोटाले गाडी जाँच्न साइबरलिङ्कको एआई फेसियल रिकग्निसन इन्जिन प्रयोग गर्ने

काठमाडौं ।

जापानमा आधारित प्रणाली एकीकरणकर्ता ईटोचु टेक्नो सलुसन्स(सीटीसी) ले साइबरलिङ्कको एआई फेसियल रिकग्निसन इन्जिन, फेसमी (FaceMe) लाई टोयोटाले सवारी साधनको गुणस्तर व्यवस्थापन सुधार गर्न अपनाउने “भेहिकल इन्स्पेक्सन इन्फर्मेसन सिस्टम” विकास गर्न प्रयोग गरेको छ।

साइबरलिंकले भनेअनुसार सवारी साधन निरीक्षण सूचना प्रणालीले यार भएका सवारी साधनहरू निरीक्षण गर्न प्रमाणित इन्स्पेक्टरहरूले शून्य-सम्पर्क र उच्च-परिशुद्ध फेसियल रिकग्निसन प्रविधिको साथमा मात्र त सक्छन् भन्ने अटोमेकरहरूलाई यो सुनिश्चित गर्न मद्दत गर्ने डिजीटाइम्सले रिपोर्ट गरेको छ।

रिपोर्टकाअनुसार टोयोटाका सहायक प्रबन्धक तोशिमित्सु इमाईले प्रयोगकर्ताहरूले मास्क लगाएको अवस्थामा पनि अनुहार पहिचान गर्ने क्षमताका कारण कम्पनीले फेसमीलाई अपनाउन रोजेको बताए। उनले भने, ‘फेसमीले उज्यालो फ्याक्ट्री बत्ती र मधुरो बत्ती भएको गाडी भित्र पनि राम्रोसँग प्रदर्शन गर्न सक्छ।’

सीटीसी डिभिजन प्रबन्धक मात्सुनागा काजुटाकाले पनि फेसमीले गहिरो न्यूरल नेटवर्क एआई प्रविधि अपनाउने र अनुहार पहिचानमा द्रुत गति र उच्च शुद्धताका गुणहरू रहेको उल्लेख गरे। सीटीसीले आगामी दिनमा अन्य कारखानामा पनि यो आयोजना बिस्तार गर्ने योजना रहेको उनले बताए ।

यसैबीच साइबरलिङ्कका अध्यक्ष जाउ ह्वाङले फेसमी सफ्टवेयर डेभलपमेन्ट टुलकिट (एसडीके) ले सीटीसीको सवारी साधन निरीक्षण सूचना प्रणालीमा विश्वस्तरीय शुद्धता र एन्टी स्पुफिङ टेक्नोलोजी ल्याएको बताए।उनका अनुसार कारखाना भित्र संक्रामक रोगहरुको रोकथाम गर्दा यसले टोयोटाको गुणस्तर नियन्त्रण प्रक्रियालाई थप सुविधाजनक र उत्पादक बनाउन सक्छ।

ह्वाङले यस्ता स्मार्ट फ्याक्ट्री एप्लिकेसनको माग बढ्दै जाने अपेक्षा गरेका छन्।

साइबरलिङ्कका अनुसार, फेसमी एसडीकेले भिसा बोर्डर १:एन अनुसन्धान मोडमा ९९.७३ प्रतिशत टीएआर TAR (सही स्वीकृति दर) र वाइल्ड १ ई-५ फोटो मोडमा ९६.९८ प्रतिशत टीएआर प्राप्त गरेको छ।

फेसमी उत्पादनहरू वित्त, स्वास्थ्य सेवा, खुद्रा र सुरक्षा सहित धेरै उद्योगहरूमा तैनात गर्न सकिन्छ। साइबरलिङ्ककले आफ्नो २०२१ सञ्चालन रिपोर्टहरू जारी गर्न जुन २१ मा आफ्नो शेयरधनी बैठक आयोजना गर्ने तालिका रहेको छ।

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...