अमेरिकामा १० महिनामा ४ सय स्वचालित गाडी दुर्घटना

  • Technology Khabar | ५ असार २०७९, आईतवार
अमेरिकामा १० महिनामा ४ सय स्वचालित गाडी दुर्घटना

काठमाडौं ।

अमेरिकामा १० महिनाको अवधिमा ४ सय ओटा स्वचालित सवारी साधन दुर्घटना भएका छन्।

यस्ता सवारीमा टेस्लाका २७३ सहित आंशिक अटोमेटेड ड्राइभर(एसिस्ट सिस्टमयुक्त रहेका अमेरिकी सुरक्षा नियामकले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले अटो निर्मातालाई कुन कम्पनीको कतिओटा गाडीमा यस्तो सुविधा छ र तिनीहरुले कति माइल यात्रा गरे भन्ने आँकडामा भर नपर्न सचेत गराएको एपीन्यूजले उल्लेख गरेको छ।

अटो निर्माताहरुले उक्त संस्थाको आदेश अनुसार गत वर्षको जुलाईदेखि मे १५ सम्मको दुर्घटनाको तथ्याङ्क बुझाएका छन्।

‘हामीले थप तथ्याङ्क संकलन गरेपछि संस्थाले आउँदै गरेका जोखिम तथा प्रवृत्तिका बारेमा पहिचान गर्न सक्ने र यी प्रविधिले वास्तविक दुनियाँमा कस्तो प्रदर्शन गरिरहेका छन् भन्नेबारे जानकारी पाउनेछ’, संस्थाका प्रशासक स्टेभन क्लिफले भने।

टेस्लाका गाडी अटो पाइलट, फुल सेल्फ ड्राइभिङ, ट्राफिक अवेर क्रुज कन्ट्रोल वा अन्य कुनै ड्राइभर असिस्ट सिस्टम प्रयोग गरिरहेका बेला दुर्घटना भएका समाचारमा उल्लेख छ। उक्त प्रविधियुक्त ८ लाख ३० हजार गाडी सडकमा गुडिरहेका छन्।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ५ असार २०७९, आईतवार