इन्स्टाग्राम स्टोरीमा यसरी एड गर्नुहोस् म्यूजिक

  • Technology Khabar | ५ असार २०७९, आईतवार
इन्स्टाग्राम स्टोरीमा यसरी एड गर्नुहोस् म्यूजिक

काठमाडौं ।

इन्स्टाग्रामको सबैभन्दा लोकप्रिय फिचर्समध्ये स्टोरिजलाई धेरै जनाले प्रयोग गर्दछन्।

आफ्नो स्टोरिलाई अझ रमाइलो बनाउनका लागि यसमा म्यूजिक पनि एड गर्न मिल्ने फिचर उपलब्ध छ।

थुप्रै समयदेखि यो सुविधा छोटा भिडियो शेयरिङ प्लेटफर्म इन्स्टाग्राममा उपलब्ध हुँदै आएको छ।

यूजरले स्टोरीमा स्किटरका साथमा आफ्नो मन परेको कुनै गीत पनि राख्न सक्छन्। यसरी राखेको गीतको बोल स्टिकरमा लेखिएर आउने गर्छ। यसबाट स्टोरी अझ विशेष बन्दछ।

यसरी एड गरिन्छ म्यूजिक

  • सबैभन्दा पहिले आफ्नो डिभाइसमा इन्स्टाग्राम एप ओपन गरेर स्टोरी बनाउने।
  • यसका लागि एपको होम पेजमा दायाँ साइडको माथिपट्टि रहेको ‌+ आइकनमा क्लिक गर्ने।
  • त्यसपछि स्टोरी सेलेक्ट गर्ने।
  • अब फोटो खिच्नुपरेमा क्यामरा अप्शनमा क्लिक गर्ने वा ग्यालरीमा भएको कुनै फोटो सेलेक्ट गर्ने।
  • यसपछि स्क्रीनको दायाँ साइडमा रहेका अप्शनमध्ये स्टिकर आइकनमा क्लिक गर्ने
  • यसपछि स्क्रोल डाउन गरेर म्यूजिक अप्शनमा क्लिक गर्ने
  • यहाँ फर यू र ब्राउज मध्ये कुने पनि अप्शनमा रहेको गीत सेलेक्ट गर्ने
  • यसपछि स्क्रीनमा रहेको स्लाइडरलाई मुभ गरेर गीतको कुनै पनि भागलाई भिडियोमा थप्न सकिन्छ
  • यसबाहेक स्क्रीनमा गीतको बोलका लागि फन्ट पनि सेलेक्ट गर्न सकिन्छ

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ५ असार २०७९, आईतवार