एप्पलको बजार पूँजीकरण २ ट्रिलियन अमेरिकी डलरभन्दा तल ओर्लिने खतरा

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार
एप्पलको बजार पूँजीकरण २ ट्रिलियन अमेरिकी डलरभन्दा तल ओर्लिने खतरा

काठमाडौं ।

एप्पलले बजार पूँजीकरणको ३ ट्रिलियन अमेरिकी डलर क्लबको ताज जोगाउन असमर्थ भएको छ। सन् २०२२ को जनवरीमा एप्पलको बजार पुँजीकरण ३ ट्रिलियन अमेरिकी डलर पुगेको थियो।

त्यस पछि कम्पनीको सेयर मूल्य निरन्तर ओरालो यात्रामा छ। पछिल्लो समय कम्पनीले आफ्नो बजार पूँजीकरण २ ट्रिलियन अमेरिकी डलर पनि कायम राख्छ कि राख्दैन भन्ने आशंका उत्पन्न भएको छ।

ब्लूमबर्गका अनुसार सेयर मूल्यमा गिरावट आउँदा आईफोन निर्माताले ८०० बिलियन अमेरिकी डलरभन्दा धेरै पूँजीकरण गुमाइसकेको छ।

बिहीबारसम्म कम्पनीको बजार पूँजीकरण २.१९ ट्रिलियन अमेरिकी डलर रहेको छ।

अमेरिकामा भएको मूल्य वृद्धिले देश आर्थिक मन्दीतर्फ उन्मुख हुन सक्ने खतरा प्रति लगानीकर्ता डराएको छन्। अमेरिकाको वार्षिक मुद्रास्फीति (मूल्य वृद्धि) ८.६ प्रतिशत पुगेको गत शुक्रबार घोषणा गरिएको थियो। यो सन् १९८१ पछिको उच्च मूल्य वृद्धि हो।

अमेरिकामा ब्याजदर पनि ०.७५ प्रतिशत विन्दुले बढेको छ। वर्षको अन्त्यसम्म यो अझै बढ्ने सम्भावना छ।

यो वर्षको शुरुवातदेखि एप्पलको सेयर मूल्य २४ प्रतिशतले घटिसकेको छ। घट्दो बजारका कारण लगानीकर्ताले अहिले नै ठूलो संख्यामा एप्पलको सेयर बिक्री गर्ने जोखिम देखिएको छ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार