इसेवा प्रतिनिधि भन्दै ठगी गर्ने गिरोह सक्रिय, सजग रहन कम्पनीको आग्रह

  • Technology Khabar | २ असार २०७९, बिहीबार
इसेवा प्रतिनिधि भन्दै ठगी गर्ने गिरोह सक्रिय, सजग रहन कम्पनीको आग्रह

काठमाडौं ।

वालेट सेवा प्रदायक ईसेवा प्रतिनिधिको नाममा ठगी धन्दा मौलाएको छ।

यस विषयमा कम्पनीले आफ्ना ग्राहकलाई ईसेवा वालेटमा नोटिफिकेसन पठाएर सजग रहन अनुरोध गरेको हो।

ईसेवाको नोटिफिकेसनमा लेखिएको छः ‘सचेत रहनुहोस्, ठगी हुनुबाट बच्नुहोस्

‘ईसेवाको प्रतिनिधित्व गरी फोन मार्फत अनेकौं बहानामा ओटीपी, पासवर्ड, एमपिन वा कुनै पनि व्यक्तिगत विवरण माग गरिएको खण्डमा यस्ता विवरण कहिले पनि नदिनु हुन हाम्रा ग्राहक महानुभाव समक्ष विशेष अनुरोध गर्दछौं। ईसेवाले यस प्रकारको विवरण कसैबाट पनि माग्दैन।’

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार