
काठमाडौं ।
नेपालको पहिलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुमा अब प्रयोगकर्ताहरुले अनलाइन भुक्तानी प्रणाली कनेक्टआइपीएस मार्फत आफ्नो बैंक वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
यहि अवसर पारेर कनेक्टआइपीएसबाट भुक्तानी गर्ने ग्राहकहरुलाई हरेक अर्डरमा १५ प्रतिशतको क्यास्ब्याक दिने संयुक्त घोषणा गरिएको छ । यो क्यास्ब्याक रु १०० सम्मको हुने जनाइएकोे छ ।
“हामी जहिले पनि अनलाइन पेमेन्टलाई समर्थन गर्छौ र कनेक्ट आइपीएसलाई हाम्रो एपमा एकिकृत गर्न पाएकोमा धेरै खुशी छौँ । यो क्यास्ब्याकको बिगलअज अफरले हाम्रो प्रयोगकर्ताहरुलाई डिजिटलाइज हुन प्रेरित गर्नेछ भन्ने हाम्रो आशा छ” फुडमाण्डुका सहायक ब्रान्ड मार्केटिङ्ग प्रबन्धक दिक्षा महतले भनिन् ।
इकमर्स लगायतका विभिन्न प्रकारका भुक्तानीहरुमा कनेक्ट आइपिएसको बढ्दो प्रयोगसँगै यस संयुक्त अफरले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई रिटेल भुक्तानीको लागी कनेक्टआईपीएस प्रयोग गर्न थप सहज बनाउने विश्वास एनसीएचएलले लिएको छ ।
फुडमाण्डुमा कनेक्टआइपीएसबाट अनलाइन भुक्तानी गर्न सकिने सेवाको थालनीले ग्राहकवर्गलाई सरल भुक्तानीको माध्यम प्रदान गर्नुका साथै दुवै कम्पनीहरुलाई डिजिटाइजेसनको लागी थप टेवा पुर्याउने विश्वास गरिएको छ ।
प्रकाशित: २ असार २०७९, बिहीबार