फुडमाण्डुले बढ्दो अर्डरहरुको माग पुरा गर्न उपाय सिटी कार्गोसँग डेलिभरी सहयोग लिँदै

  • Technology Khabar | २ असार २०७९, बिहीबार
फुडमाण्डुले बढ्दो अर्डरहरुको माग पुरा गर्न उपाय सिटी कार्गोसँग डेलिभरी सहयोग लिँदै

काठमाडौं ।

नेपालको पहिलो र लोकप्रिय फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज सुलभ पार्न अनलाइन लजिस्टिक कम्पनी उपायसिटी कार्गो सँग समन्वय गर्ने भएको छ।

“हाम्रो उद्देश्य भनेकै अनलाइन फुुड डेलिभरी मार्फत हाम्रो ग्राहकहरुको जीवन सजिलो बनाउने हो । कहिले काहिँ हाम्रो राइडरहरुको क्षमता भन्दा बढी अर्डरहरु आउछन्, तब केही डेलिभरीहरुमा ढिलाइ हुने वा केही समयको लागि अर्डरहरु लिन रोक्नु पर्ने अवस्था आउँछ। यस्तो अवस्थामा अब भने उपाय सिटीका राइडरहरु मार्फत डेलिभरी गर्नेछौँ।” फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भने।

यस सहकार्यको सहज कार्यान्वयनको लागि फुडमाण्डुले उपाय सिटीका राइडरहरुलाई खाना डेलिभरी गर्नका लागि विषेश प्रशिक्षण दिने छ ।

फुडमाण्डुले यो सहकार्य पछि काठमाण्डौका बाहिरी इलाकाहरु र अरु सहरहरुमा डेलिभरी सेवा विस्तार गर्दा पनि उपाय सिटीलाई साझेदारीमा लिने सोचमा रहेको कुरा जनाएको छ ।

यससँगै उपाय सिटीले पनि फुडमाण्डुलाई कोल्ड चेन बक्स र झोलाहरुबाट फ्रोजन तथा चिसो साद्यान्न डेलिभरी जस्तै थप सेवाहरु प्रदान गर्ने छन् ।

“यो सहकायमार्फत हाम्रो राइडरहरुले अफ आवरहरुमा पनि फुडमाण्डुबाट थप यात्राहरु पाउने छन् जसले गर्दा राइडरहरुले थप आमदानी गर्न सक्ने छन् ।” उपाय सिटीका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने।

उपायसिटी कार्गो सामान ढुवानी गर्ने एक लजिस्टिक कम्पनी हो जसले नेपालका विभिन्न शहरहरुमा सेवा दिईरहेको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • २ असार २०७९, बिहीबार