मधेश प्रदेशको सेवा अब ‘फेसलेस’ हुने

  • Technology Khabar | २ असार २०७९, बिहीबार
मधेश प्रदेशको सेवा अब ‘फेसलेस’ हुने

काठमाडौं ।

मधेस प्रदेशले सार्वजनिक सेवा मुहाररहित (फेसलेस) बनाउने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशले ल्याएको बजेटको बुँदा नम्बर १२३ मा, ‘सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई पारदर्शिता सुनिश्चिता गर्ने, प्रक्रिया सरलीकृत गर्ने र सेवाको लागत र समय घटाइनेछ। सूचना प्रविधिको विकास र विस्तारगरी सेवा प्रवाहलाई मुहाररहित, कागजरहित बनाउन आवश्यक बजेट विनियोजन गरेका छु,’ लेखिएको छ।

यस्तै सेवाग्राहीलाई सरल र सहज तवरबाट सेवा प्रदान गर्न मधेश प्रदेशमा रहेका सम्पूर्ण यातायात तथा मालपोत कार्यालयहरुको आवश्यक भौतिक पूर्वाधार निर्माण एवम् सुदुढीकरण गर्न, सेवा प्रवाहको लागि राजश्व तिर्न अनलाइन पेमेन्ट गेटवेको विकास गरी लागू गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • २ असार २०७९, बिहीबार