सुदूरपश्चिम प्रदेशको राजमार्गमा सीसीटीभी र ट्राफिक लाइट जडान गरिने

  • Technology Khabar | २ असार २०७९, बिहीबार
सुदूरपश्चिम प्रदेशको राजमार्गमा सीसीटीभी र ट्राफिक लाइट जडान गरिने

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशको राजमार्गमा सीसीटीभी र ट्राफिक लाईट जडान गर्न साढे ४ करोड बजेट विनियोजन गरिएको छ।

शान्ति सुरक्षा, अपराध अनुसान्धान, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि प्रमुख राजमार्गमा सीसीटीभी क्यामरा तथा ट्राफिक लाईट जडान गर्न सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त रकम विनियोजन गरेको हो।

यस्तै आमसञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासंघको भवन, एफएम रेडियोलाई पुँजीगत अनुदान, पत्रकारको स्वास्थ्योपचारका लागि अक्षयको स्थापनार्थ सशर्त अनुदान र लोककल्याणकारी विज्ञापन समेतका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

साथै सरकारी तथ्यांक संकलन, प्रशोधन, भण्डारण र उपयोगका लागि प्रदेशमा सूचना प्रविधियुक्त सञ्चारग्रामको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • २ असार २०७९, बिहीबार