
काठमाडौं ।
लुम्बिनी प्रदेश सरकारले रोजगारी खोज्ने र रोजगारी दिने संस्थाबिच समन्वय गर्न मोबाइल एप सञ्चालन गर्ने भएको छ।
बुधबार पेश गरिएको प्रदेशको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा यो योजना समावेश गरिएको हो।
‘रोजगारदाताको लागि जनशक्तिको आवश्यकता र बेरोजगारहरुलाई रोजगारीको आवश्यकताबिचको सम्पर्क प्लेटफर्मको रुपमा मोबाइल एप तयार गरी सञ्चालन गरिनेछ’, बजेटमा उल्लेख गरिएको छ।
यसै क्रममा श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा रोजगार सूचना केन्द्रको स्थापना गरी सम्पर्क र समन्वय गर्ने व्यवस्था मिलाइने भएको छ।
प्रकाशित: २ असार २०७९, बिहीबार