४५ लाख डलर पुरस्कारसहितको रियल लाइफ स्क्विड गेम रियालिटी शो ल्याउने नेटफ्लिक्सको योजना

  • Technology Khabar | २ असार २०७९, बिहीबार
४५ लाख डलर पुरस्कारसहितको रियल लाइफ स्क्विड गेम रियालिटी शो ल्याउने नेटफ्लिक्सको योजना

काठमाडौं ।

लाइभस्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले स्क्विड गेमको रियालिटी शो ल्याउने भएको छ। यसका लागि कम्पनीले विभिन्न सहभागीहरुलाई भर्ना गर्ने काम शुरु गरेको छ।

तर यसमा दक्षिण कोरियाली डिस्टोपियन नाटकमा देखाइएको जस्तो जीवन वा मरण भने रहने छैन।

बरु विश्वभरका ४५६ सहभागी रहने यो गेममा सबैभन्दा निकृष्ट अवस्था भनेको हात खाली फर्कनु रहेको बीबीसीले उल्लेख गरेको छ।

यो गेममा पुरस्कार राशी ४५ लाख ६० हजार डलर हुने बुझिएको छ। नेटफ्लिक्सले उक्त चर्चित सिरिजको दोस्रो सिजन यसै हप्ता शुरु भएको पनि पुस्टि गरेको छ।

बुधबार कम्पनीले आफ्नो १० एपिसोडको सिरिज ‘स्क्विड गेम: द च्यालेञ्ज’ को घोषणा गरेको छ। यसमा रियालिटी टीभीको इतिहासमै सबैभन्दा बढी पुरस्कार राशी तथा धेरै सहभागी रहने कम्पनीको दावी छ।

‘खेलाडीहरुले मौलिक गेमबाट प्रेरित गेमको सिरिजमार्फत् प्रतिस्पर्धा गर्नेछन्’, कम्पनीले बतायो।

यसमा सहभागी हुन २१ वर्ष हुनुपर्ने, अंग्रेजी बोल्न जानेको हुनुपर्ने साथै २०२३ को शुरुवातमा ४ हप्ता छायांकनका लागि उपलब्ध हुन सक्नुपर्ने बताइएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...