क्यूआर कोडमार्फत् गरिएको कारोबार: रकम र सङ्ख्या दुवै बढ्दो

  • Technology Khabar | ३१ जेष्ठ २०७९, मंगलवार
क्यूआर कोडमार्फत् गरिएको कारोबार: रकम र सङ्ख्या दुवै बढ्दो
सांकेतिक तस्विर

काठमाडौं ।

२०७९ वैशाख महिनाभरी क्यूआर कोडमार्फत १० अर्ब १९ करोड १० लाख रुपैयाँको कारोबार भएको छ।

यो आँकडा चैत्र मसान्त २०७८ सम्म ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबर रहेको थियो।

यसरी हेर्दा चैत्र मसान्तदेखि वैशा‍ख मसान्त २०७९ सम्मको एक महिनाको अवधिमा क्यूआर कोडमार्फत भएको कारोबार रकम १ अर्ब २४ करोड ९० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७९ वैशाख मसान्तसम्मको चालु स्थूल वित्तीय प्रतिवेदनका अनुसार चैत्र मसान्त २०७८ देखि वैशाख मसान्त २०७९ सम्मको एक महिनामा क्यूआर कोडमार्फत भएको कारोबार संख्या पनि रकम झैं बढ्दो क्रममा गएको पाइएको छ।

यो प्रवृत्ति यसअघिका २ महिना र्थात् फागुन र चैत महिनामा पनि देखिएको थियो।

वैशाख मसान्त २०७९ सम्म अवधिमा क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या ३० लाख ७१ हजार ८४३ रहेको छ।

यो आँकडा एक महिना अघि अर्थात् २०७८ चैत्र मसान्तसम्म २७ लाख २३ हजार ५८६ रहेको थियो।

यसरी हेर्दा एक महिनाको अवधिमा  क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या ३ लाख ४८ हजार २५७ ले बढ‍ेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार