काठमाडौं ।
यू्ट्यबले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्याण्डलबाट यूट्युबमा अउलोड गरेको पहिलो भिडियो शेयर गरेको छ।
भिडियो शेयर गर्दै कम्पनीले क्याप्सनमा यदि तपाईँ यो भिडियो हेर्नुभयो भने यूट्युबको शुरुवात छोटो भिडियोबाट भएको थियो भन्ने थाहा पाउनुहुन्छ। यसलाई पहिलो पटक यूट्युबका सह-संस्थापक जावेद करीमले अपलोड गरेका थिए।
भिडियोमा हात्तीको अगाडि उभरहेका छन् करीम
१७ वर्ष पहिले अपलोड गरिएको १९ सेकेन्डको यो भिडियोमा जावेद करीम सान डिएगो जू मा एउटा हात्तीको अगाडि उभिरहेका देखिन्छन्। भिडियोमा करीम यसो भनिरहेका छन्, ‘ओके, यहाँ हामी हात्तीको अगाडि छौं। यिनीहरुको राम्रो कुरा भनेको यिनीहरुको सक्कली लामो सूँड हो। यति नै भन्नु छ।’
रमाइलो कुरा के छ भने उनको भेरिफाइड यू्ट्यब च्यानलमा अपलोड गरिएको यो एउटा मात्र भिडियो हो। यसलाई साढे २३ करोड भ्यूज प्राप्त भइसकेको छ।
भिडियो हेरिसकेपछि आयो यस्तो प्रतिक्रिया
यूट्युबको शुरुवात कसरी भयो भन्ने बारेमा यो भिडियो थुप्रै प्लेटफर्म तथा पोस्टमा भेटाउन सकिन्छ। तर वेबसाइटको इन्स्टाग्राम ह्याण्डलमा १७ वर्ष पुरानो भिडियो देखेर यूजरहरु एकपटक फेरि चकित परेका छन्।
एक यूजरले कमेन्टमा लेखेका छन्, ‘ओहो! मैले यसलाई क्रस चेक गरेर हेर्दा साँचो भएको पाएँ।
अर्का यूजरले लेखे, ‘यो यू्ट्यबले यतिका धेरै मानिसहरुको जिन्दगी बदलिदिएको छ।‘ यो पोस्टलाई १ लाख ६८ हजार २३६ पटक हेरिसकिएको छ।
कहिले सार्वजनिक भएको थियो यूट्युब च्यानल
यूट्युब आधिकारिक रुपमा सन् २००५ को फेब्रुअरी १४ मा सार्वजनिक गरिएको थियो। यो अनलाइन भिडियो शेयरिंङ प्लेटफर्म गुगलपछि सबैभन्दा बढी हेरिने वेबसाइट हो। वेबसाइटका अनुसार यसका मासिक साढे २ अर्बभन्दा बढी यूजर रहेका छन्।
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार