
काठमाडौं ।
विश्वव्यापी रूपमा लोकप्रिय मोबाइल कम्पनी एप्पलको आईफोनको नयाँ सिरिज आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्सको लन्चिङ्गमा ढिलाइ हुने सम्भावना छ।
सेप्टेम्बरको दोस्रो हप्तामा १४ सिरिजको औपचारिक अनावरण गरिने छ। तर अब यो सिरिजका दुई फोनको लन्चमा ढिलाइ हुनसक्छ।
रिपोर्टका अनुसार आईफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्सको लन्चिङमा ढिलाइको कारण शिपमेन्टमा ढिलाइ हुनुको कारण भएको बताइएको छ, तर यी आईफोनहरू लन्चमा भएको ढिलाइले अन्य फोनको रिलिजमा कुनै असर नपर्ने अपेक्षा गरिएको छ।
सप्लाई चेन इनसाइडरले एउटा ट्वीट गर्यो जसले आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्सको प्यानल ढुवानीमा ढिलाइ भएको खुलासा गर्यो।
चीनको कोरोना यसको कारण
प्यानल ढुवानीमा भएको यस ढिलाइको बारेमा कुनै स्पष्टीकरण आएको छैन, तर यो चीनमा हालैको कोरोना लकडाउनको कारण हुन सक्छ। यसअघि जीएसएम एरिनाले एप्पलले आईफोन १४ स्क्रिन निर्माण गर्न चिनियाँ स्मार्टफोन डिस्प्ले निर्माता बीओईसँग सम्झौता गरेको रिपोर्ट गरेको थियो, त्यसै कारण यो अनुमान गरिएको हो।
अझै पनि नयाँ शृंखला लन्च गर्ने बारे आधिकारिक पुष्टि हुन सकेको छैन, सुनेका कुराका आधारमा यो अनुमान गरिएको हो।
समाचारका अनुसार आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्समा अलवेज अन डिस्प्ले सुविधा उपलब्ध हुने भएको छ, जुन आइओएस १६ मा हुनेछ।
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार