ईभी ब्याट्रीका लागि फक्सकन र थाइल्याण्डको पीटीटीबिच १ अर्ब डलरको सम्झौता

  • Technology Khabar | ३० जेष्ठ २०७९, सोमबार
ईभी ब्याट्रीका लागि फक्सकन र थाइल्याण्डको पीटीटीबिच १ अर्ब डलरको सम्झौता

काठमाडौं ।

थाइल्याण्डको लगानी निकायले ईभीका लागि ब्याट्री उत्पादन गर्ने फक्सकन तथा पीटीटीबिच भएको सम्झौता अनुमोदन गरेको छ।

हालै ताइवानको फक्सकन तथा थाइल्याण्डको पीटीटीबिच विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री निर्माणका लागि १ अर्ब डलरको सम्झौता भएको हो।

होराइजन प्लस कम्पनीको उक्त परियोजना आज सोमबार अनुमोदन भएका २०९.५ अर्ब भाट बराबरको निर्माण तथा पूर्वाधारसम्बन्धीका थुप्रै लगानी प्रस्तावमध्येको एउटा हो।

रोयटर्सका अनुसार यसलाई थाइल्याण्डको लगानी बोर्ड बीओआईले अनुमोदन गरेक हो।

‘उक्त ज्वाइन्टभेन्चर परियोजनाले विद्युतीय सवारी क्षेत्रमा हुने लगानीलाई टेवा पुर्याउने र दक्षिणपूर्वी एसियाकै ईभी निर्माणको केन्द्र बन्ने योजना बनाएको छ’,बीओआईका प्रमुख ड्वाङ्जाइ असावाचिन्तातितले भने।

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...