टेक कम्पनी इन्फोडेभलपर्स एक अर्ब रूपैयाँको कम्पनी बन्ने योजनामा

  • Technology Khabar | २९ जेष्ठ २०७९, आईतवार
टेक कम्पनी इन्फोडेभलपर्स एक अर्ब रूपैयाँको कम्पनी बन्ने योजनामा

काठमाडौं ।

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ।

शनिबार आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९/८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने लक्ष्य र संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने उनले बताए। अहिले कम्पनीको वार्षिक टर्नओभर ५० करोड रूपैयाँ भन्दा माथि रहेको दाबी गरिएको छ।

‘आउने आर्थिक वर्षमा हामी अनुसन्धान र विकासमा थप जोड दिनेछौं। नयाँ नयाँ प्रविधिमा लगानी गर्नेर्छौं,’ उनले भने, ‘कर्मचारीको ३६० डिग्री वृद्धिमा ध्यान दिनेछौं । इनहाउस प्रडक्ट र आइडियालाई मोनिटाइज गर्नेर्छौं।’

चालु आर्थिक वर्षमा लिएका धेरै लक्ष्यहरू पूरा भएको र केही बाँकी रहेको रघुवंशीको भनाइ छ। कमर्चारीलाई बिजनेस आईडिया लिएर आए पार्टनर बनाएरसँगै काम गर्ने पनि उनले बताए।

त्यस्तै कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिव सुब्बाले कम्पनीको भिजन पूरा गर्नलाई रणनीतिक योजना बनाउन कार्यक्रम आयोजना गरेको बताए। उक्त कार्यक्रममा चालु आर्थिक वर्षका लागि लिएका लक्ष्यहरू के कति पूरा भए त्यसको पनि समीक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार