रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

  • Technology Khabar | २८ जेष्ठ २०७९, शनिबार
रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

काठमाडौं ।

आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ। केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो।

आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धि नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो। हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...