बैंक अफ काठमाण्डूको क्यूआर कोडबाट भुक्तानी गर्दा अन्नपुर्ण केबलकारमा १० प्रतिशत छुट

  • Technology Khabar | २८ जेष्ठ २०७९, शनिबार
बैंक अफ काठमाण्डूको क्यूआर कोडबाट भुक्तानी गर्दा अन्नपुर्ण केबलकारमा १० प्रतिशत छुट

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालिबीच सम्झौता भएको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाईप तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकका ग्राहकलाई टिकटमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने जानकारी दिएको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ सय १ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ सेवा प्रदान गर्दैै आईरहेको जनाएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...