इन्स्टाग्रामको पोस्ट पिन गर्न सकिने

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार
इन्स्टाग्रामको पोस्ट पिन गर्न सकिने

काठमाडौं ।

इन्स्टाग्रामले नयाँ फिचर लन्च गरेको छ। अब प्रयोगकर्ताले कुनै फोटो वा पोस्ट पिन गर्न सक्ने भएका छन्।

फोटो वा पोस्ट पिन गरेपछि त्यो प्रयोगकर्ताको प्रोफाइल टाइमलाइनको माथिल्लो भागमा देखिने टेकक्रन्चले उल्लेख गरेको छ।

यो फिचर ट्विटर, टिकटक, फेसबुकलगायत सामाजिक सञ्चालमा पहिलेदेखि नै उपलब्ध छ।

कसरी पिन गर्ने
कुनै पनि पोस्ट पिन गर्नका लागि उक्त पोस्टमा क्लिक गर्ने। क्लिक गरिसकेपछि पोस्टको माथिल्लो दायाँतर्फ देखिने ३ डटमा क्लिक गर्ने।

त्यसपछि ‘पिन टु योर प्रोफाइल’मा क्लिक गर्ने। उक्त प्रक्रिया पुरा गरेपछि पिन गरिएको पोस्ट टाइमलाइनको सबैभन्दा माथि देखिन्छ।

यसरी ३ वटा पोस्टसम्म पिन गर्न सकिन्छ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NAIMA to contribute NPR 5 million for Rasuwa flood relief

  • Technology Khabar
  • २७ जेष्ठ २०७९, शुक्रबार