दिल्लीस्थित नेपाली राजदूतावासद्वारा विद्युतीय राहदानी वितरण सुरू

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार
दिल्लीस्थित नेपाली राजदूतावासद्वारा विद्युतीय राहदानी वितरण सुरू

काठमाडौं ।

भारतको राजधानीस्थित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण सुरू गरेको छ।

दिल्लीस्थित नेपाली दूतावासले सूचनामार्फत सेवा सुरू गरेको जानकारी दिँदै भौतिक रूपमा उपस्थित भएर वा अनलाइनमार्फत फारम भरेर विद्युतीय राहदानी लिन सकिने जनाएको छ।

पुरानो राहदानी बाहक नेपाली नागरिकले नयाँ राहदानी बनाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित राजदूतावासमा उपस्थित भएर वा ईमेल तथा ह्वाट्सएप नम्बरमा निवेदन दिनुपर्ने छ।

त्यसपछि दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र परिचयपत्रको आधिकारिकता बुझेपछि आवेदकले अनलाइनबाट फारम भर्नुपर्ने दूतावासले जानकारी दिएको छ।

त्यसपछि आवेदकले तोकिएको मिति र समयमा दूतावासमा उपस्थित भएर प्रत्यक्ष फोटो तथा बायोमेट्रिक डाटा दिनुपर्ने छ।

नयाँ राहदानीका लागि भारु ५ हजार ९८० र दश वर्षभन्दा कम उमेरका नाबालकको नयाँ राहदानी लिनका लागि दुई हजार ९९० शुल्क लाग्ने दूतावासले जनाएको छ। राहदानी हराएको वा क्षति भएर नयाँ लिनु परेको खण्डमा भने दोब्बर शूल्क लाग्ने सूचनामा उल्लेख छ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NAIMA to contribute NPR 5 million for Rasuwa flood relief

  • Technology Khabar
  • २७ जेष्ठ २०७९, शुक्रबार