
काठमाडौं ।
उत्तर अमेरिकाको सबैभन्दा लोकप्रिय मोबाइल ब्राउजरको प्रतिस्पर्धामा सफारीले क्रोमलाई पछाडि पारेको छ।
बैंकलेस टाइम्सको रिपोर्ट अनुसार एप्पलको सवारी ब्राउजरले उत्तर अमेरिकी बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ। दोस्रो स्थानमा रहेको गुगल क्रोमको बजार हिस्सा ४३.९१ प्रतिशत छ।
यी दुई कम्पनीपछि सामसङ इन्टरनेट ३.९४ प्रतिशत, फायरफक्स १.२२ प्रतिशत तथा ओपेरा ०.४५ प्रतिशत र एजको हिस्सा ०.२३ प्रतिशत छ।
‘सफारीले इन्टरनेटको विकास क्रमलाई निरन्तरता दिएर आफ्नो प्रभुत्व कामय गर्न सफल भएको हो। ब्राउजरले प्रयोगकर्ताको माग र अपेक्षाहरुलाई पूर्ति गर्न आफूलाई सोही अनुकूलित गरेको छ। यसमा रहेका धेरै स्ट्यान्ड आउट सुविधालाई प्रयोगकर्ताहरुले मन पराइरहेका छन्,’ बैंकलेस टाइम्सका सीईओ जोनाथन मेरीले भने।
सफारी बजारमा उपलब्ध ब्राउजर मध्ये सबैभन्दा सुरक्षित मानिन्छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार