ओलाले भारतमै इभी ब्याट्री उत्पादन गर्ने, एक अर्ब अमेरिकी डलर लगानी हुने

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
ओलाले भारतमै इभी ब्याट्री उत्पादन गर्ने, एक अर्ब अमेरिकी डलर लगानी हुने

काठमाडौं ।

ओला इलेक्ट्रिकले ब्याट्री सेल उत्पादन गर्ने भएको छ। ब्याट्री उत्पादन प्लान्ट निर्माण गर्नका लागि ओला इलेक्ट्रिक उपयुक्त साझेदारको खोजी रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

ओला प्रति घण्टा ५० गीगावाट आवर ब्याट्री उत्पादन गर्ने प्लान्ट निर्माण गर्ने योजनामा छ। उक्त सुविधाबाट कम्पनीले वार्षिक एक कारोड इलेक्ट्रिक स्टुकर उत्पादन गर्नेछ। साथै आगामी दिनमा ल्याइने इलेक्ट्रिक कारका लागि आवश्यक ब्याट्री सेल पनि निर्माण गर्नेछ।

यो प्लान्ट स्थापना गर्न करिब १ अर्ब अमेरिकी डलर लाग्ने अनुमान छ।

रिपोर्टका अनुसार केही हप्ता अघि ओला इलेक्ट्रिकले प्लान्टका लागि आवश्यक पर्ने जग्गाका लागि भारतका केही प्रादेशीक सरकारसँग वार्ता अघि बढाइरहेको छ। कम्पनीलाई आफ्नो दोस्रो उद्योग स्थापना गर्न करिब १ हजार एकड जग्गा आवश्यक पर्नेछ। यसमा इलेक्ट्रिक चार पांग्रे पनि उत्पादन गरिनेछ।

यो हालको ओलाले तमिलनाडुमा एस१ प्रो इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने उद्योग भन्दा दुई गुणा ठूलो हो। ओलाले अहिले ५०० एकड जमिनमा आफ्नो उद्योग सञ्चालन गरिहेको छ।

ओला इलेक्ट्रिकका सीईओ तथा फाउण्डर भाविश अग्रवालले विश्वका ४० भन्दा बढी ब्याट्री सेल आपूर्तिकर्तासँग भेट गर्ने सम्भावना छ। अग्रवालले जर्मनी, कोरिया र जापानलगायत देशका आपूर्तिकर्तासँग भेटवार्ता गर्नेछन्।

ड्यूर र सिमेन्सलगायत कम्पनी पनि अग्रवालको सूचीमा छन्। ब्याट्री सेल निर्माणको क्षेत्रमा सीएटीएल, एलजी, एनर्जी सलुसन र पानासोनिकको दववा रहेको छ। यी कम्पनीले टेस्ला र फक्सवागनलगायत ठूला उत्पादकलाई ब्याट्री सेल आपूर्ती गर्दै आइरहेका छन्।

ओला इलेक्ट्रिक भारतको एक मात्र इलेक्ट्रिक सवारी उत्पादक कम्पनी हो। ओलालाई भारत सरकारले आफ्नो महत्वकांक्षी ८० हजार करोड भारुको सेल पीएलआई योजना अनुसार २ वर्षमा उन्नत सेल निर्माण कारखाना स्थापित गर्न छनोट गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Hello Home Call Center’ launched

  • Technology Khabar
  • २६ जेष्ठ २०७९, बिहीबार