
काठमाडौं ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ।
“प्रिमियम तिरौं क्यासब्याक पाऔं” नामक अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् ।
अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार