भोलोकप्टरको लामो रेन्जको ड्रोन ट्याक्सीद्वारा पहिलो परीक्षण उडान पूरा

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
भोलोकप्टरको लामो रेन्जको ड्रोन ट्याक्सीद्वारा पहिलो परीक्षण उडान पूरा

काठमाडौं ।

जर्मन कम्पनीको चार सिट भएको भीओटीएल ड्रोन ट्याक्सीले परीक्षण उडान सम्पन्न गरेको छ।

भोलोकप्टर कम्पनीको भोलोकनेक्ट नामक उक्त उक्त यानले गत मे महिनामा आफ्नो पहिलो परीक्षण उडान सम्पन्न गरेको इन्ग्याजेटले जनाएको छ।

उक्त यानको शुरुवाती उडान २ मिनेट १४ सेकेन्डको रहेको थियो भने त्यसयता यसले ३ ओटा उडान गरिसकेको छ।

यो ६० माइलको रेन्ज तथा १५५ माइल प्रतिघण्टाको गतिमा उडेको थियो। कम्पनीले मुख्य शहरी क्षेत्रबाहिर यात्रुसहित स्वचालित उडानको सुविधा दिने बताएको छ।

भोलोकनेक्ट शहरी क्षेत्रमा उडानका लागि तयार गरिएको छोटो रेन्जको ईभीटीओएल विमान भोलोसिटीको समकक्षी रहेको बुझिएको छ।

भोलोकनेक्टले २०२६ देखि आफ्ना उपभोक्तालाई सेवा दिन शुरु गर्ने र त्यसअघि उक्त यानले थुप्रै परीक्षण उडानहरु गर्ने बताइएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • २६ जेष्ठ २०७९, बिहीबार