Technology Khabar ६ माघ २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, ६ माघ। रेमिटेन्स कम्पनी आईएमईले कस्टमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको व्यवस्था गरेको जनाएको छ ।
यो योजना यहि १ माघ देखि २०७४ असार मसान्तसम्म लागु हुने छ । जस अन्तर्गत कस्टुमर कार्ड प्रयोगगरी अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुसार निश्चित बोनस अङ्क प्रयाेगकर्ताले प्राप्त गर्नेछ ।
निश्चित बोनस अङ्कमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ । साथै बोनस अङ्क नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्तगर्न सकिनेछ ।
पेन ड्राइभ, ब्याग, डीस होम र मोबाईल सेट बोनसअङ्कबापत प्राप्तगर्न सकिने उपहारहरू हुने विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले १६ औँ वर्षसम्ममा नेपालभर ५,५०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।
प्रकाशित: ६ माघ २०७३, बिहीबार