
काठमाडौं ।
एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १६ अन्तर्गत बाइ नाउ पे लेटर सेवा ल्याउने तयारी गरेको छ।
एप्पल पे लेटरले अमेरिकाका यूजरलाई ब्याज तथा शुल्क बिना ६ हप्ताभित्र ४ ओटा खरिदको भुक्तानी गरिदिने बीबीसीले जनाएको छ।
यो फिचर हालै डब्लूडब्लूडीसीका बेला घोषणा गरिएको हो। यो फिचर नयाँ आईफोनमा आईमेसेज एडिट गर्न सकिने फिचर सँगै आएको हो।
बाइ नाउ पे लेटर सेवा बेलायतमा नियमन गरिएको छैन भने कम आय आएका व्यक्तिहरुले यसलाई प्रयोग गरेको तरिकाको पनि निकै आलोचना भइरहेको छ।
पानोरमाको सन् २०२१ को रिपोर्ट अनुसार बेलायतका सबै उमेरका करिब डेढ करोड वयष्कहरुले सक्रिय रुपमा बाइ नाउ पे लेटर चलाउने गर्छन्। बेलायतमा क्लार्ना, क्लियरपे, लेबाइ तथा पेपलले यो सुविधा उपलब्ध गराइरहेका छन्।
प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार