
काठमाडौं ।
काठमाडाैं, ६ माघ । नेपालका लागि हुन्डाइ गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स् प्रालिले तिन दिने एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।
यहि माघ ६ गते बिहिबारदेखि माघ ८ गते शनिबारसम्म संचालन हुने मेलामा हुन्डाइका सबै मोडलहरुमा लागुहुने गरि देशभरी रहेका आफ्ना शोरुममा यो मेला संचालन हुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल्स् प्रालिका सेल्स् एण्ड मार्केटिङ डिजिएम रुपेश शर्मा भट्टले भने, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न उद्देश्य अन्तर्गत हामीले यो अफर ल्याएका हौं, यो अवसर देशैभर रहेका हाम्रा शोरुमबाट ग्राहकले पाउने छन् ।’
एक्सचेन्जसँगै कम्पनीले आफ्ना ग्राहकलाई नगद छुट, एक वर्षे गाडी बीमा, सडक कर, उचित व्याजदरमा ऋण, एक्सचेन्ज बोनस लगायतका अफर दिएको छ ।
ग्राहकले आफुले चाहेको मोडल टेष्ट ड्राइभमा उपहार जित्नुको साथै मनोरञ्जनका कार्यक्रमहरु सम्मिलित हुन पाउने छन् । यस अवधिमा टेष्ट ड्राइभ गरेका मध्येबाट हरेक दिन लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी जे ७ स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएकाे छ ।
प्रकाशित: ६ माघ २०७३, बिहीबार