नासाको इलेक्ट्रिक विमान उड्नका लागि तयार

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले इलेक्ट्रिक विमान बनाएको छ।

नासाले ब्याट्रीबाट सञ्चालन हुने पहिलो पूर्ण इलेक्ट्रिक विमान एक्स-५७ निर्माण गरेको हो।

डेलीबिस्टका अनुसार नासाले इलेक्ट्रिक एक्स-५७ विमान लसएन्जल्समा रहेको मरुभूमिमा पहिलो परीक्षण उडानको तयारी गरिरहेको छ।

नासा अन्तरिक्षण अनुसन्धानका लागि चर्चित छ। तर अन्तरिक्ष अनुसन्धान बाहेक अन्य क्षेत्रमा पनि काम गर्दै आइरहेको छ।

इलेक्ट्रिक विमानलाई इटालीको टेकनाम कर्पोरेसनद्वारा निर्मित चार सिटर विमान डिजाइनमा तयार गरिएको छ।

पुरानो विद्यमान डिजाइन उपयोग गर्नुको फाइदा पनि रहेको छ। यसबाट पारम्परिक इन्धनबाट सञ्चालित बेसलाइन मोडलको डाटासँग नयाँ ब्याट्री मोडलको डाटा तुलना गर्न सकिन्छ।

भविष्यमा इलेक्ट्रिक विमान निर्माणका लागि एक्स-५७ ले मार्ग निर्देशन गर्ने नासाले विश्वास व्यक्त गरेको डेलीबिस्टले उल्लेख गरेको छ।

नासाले पृथ्वीसँग सम्बन्धी विषयमा केन्द्रित हुनका लागि २२ अर्ब अमेरिकी डलर छुट्याएको छ। उक्त बजेटमध्ये ३.७ अर्ब अमेरिकी डलरमा यो योजना शुरु गरिएको हो।

विद्युतबाट सञ्चालन हुने विमानले वायु प्रदूषण र ग्लोबल वार्मिङलगायतको समस्या हल गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

नासाले एक्स-५७ का लागि आवश्यक पर्ने ऊर्जा स्रोतको डिजाइन गर्न क्लालिफोर्निया स्थित इलेक्ट्रिक पावर सिस्टमको सहयोग लिएको छ। जसले लाइटवेट पावर सिस्टम तयार गर्न एएए ब्याट्री जस्तो अफ-द-सेल्फ लिथियम-आयन सेल बनाएको छ।

विमानलाई टेकअफ गर्नका लागि ल्यान्डिङ एचका साथ हाई-लिफ्ट मोटर्स दिइएको छ। विमानको पखेटामा २ ठूला ६० किलोवाटको मोटर्स क्रूज दिइएको छ। यो विमान प्रति घण्टा २२० किलोमिटर उड्न सक्छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार