
काठमाडौं ।
एप्पलले वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२२ मा आफनो अपरेटिङ सिस्टमको नयाँ अपडेट आईओएस १६ सार्वजनिक गरेको छ।
नयाँ अपडेटमा कम्पनीले सबैभन्दा ठूलो परिवर्तन लक स्क्रीनमा गरेको छ। लक स्क्रीनमा यूजरलाई मल्टि लेयर्ड कस्टमाइजेशन अप्शन उपलब्ध हुन्छ।
आईओएस १६ आईफोन १४ सँगै आउँदो सेप्टेम्बर मा रिलिज गरिने योजना रहेको छ। आईओएस १६ आईफोन ७ भन्दा पछाडिका डिभाइसमा अपडेट हुने भास्कर डटकमले उल्लेख गरेको छ।
आईओएस १६मा कस्टमाइजेशन सम्बन्धी समस्या केही हदसम्म समाधान हुने बुझिएको छ।
आईफोनमा यूजरले लक स्क्रीनमा थुप्रै परिवर्तन देख्न सक्ने हुनाले फोन नै अलग खालको देखिने बताइएको छ।
्एप्पलले आफ्नो मेसेजिङ एपमा थपेका तीनओटा मुख्य फिचरहरुमार्फत् यूजरले आईमेसेजलाई एडिट वा रिकल गर्न सक्छन्। यसबाहेक टेक्स्टलाई पछि परिमार्जन गर्न सकिने हिसाबले स्नूज गर्न पनि सकिन्छ।
यसैगरी लाइभ टेक्स्टलाई पनि अपडेट गरिएको छ। यसले भिडियो पज गरेर टेक्स्टलाई कपी गर्ने र फोटोबाट कुनै कुरा हटाउन पनि सकिन्छ। कम्पनीले यसमा होटलको कोठाको डिजिटल डोर की शेयर गर्ने विकल्प पनि दिएको छ।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार