चिनियाँ अन्तरिक्ष यात्रीहरू तियानझौउ-४ कार्गो क्राफ्टमा प्रवेश गर्न सफल

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
चिनियाँ अन्तरिक्ष यात्रीहरू तियानझौउ-४ कार्गो क्राफ्टमा प्रवेश गर्न सफल

काठमाडौं ।

चीनको अन्तरिक्ष यात्रामा रहेको शेन्झोउ १४ चालक दल सफलतापूर्वक यसको ह्याच खोलेर र वातावरणीय परीक्षण समाप्त गरेर तियान्झौउ ४ कार्गो जहाजमा प्रवेश गरेको छ।

चीन मानव अन्तरिक्ष एजेन्सीले सोमबार चालक दल सफलतापूर्वक अन्तरिक्षमा रहेको कार्गो जहाजमा प्रवेश गरेको जानकारी दिएको छ।

यसअघि चीनले आइतवार आफ्नो नयाँ अन्तरिक्ष स्टेशनको निर्माण पूरा गर्ने मिसनमा तीन अन्तरिक्ष यात्री बोकेको रकेट प्रक्षेपण गरेको थियो।

टिमले छ महिना तियाङगोङ अन्तरिक्ष स्टेशनलाई विस्तार गर्न लाग्ने समयसम्म त्यहीँ बिताउनेछ।

शेन्झोउ-१४ चालक दललाई “अर्बिट एसेम्बली र अन्तरिक्ष स्टेशनको निर्माण पूरा गर्ने,” साथै “उपकरणहरू कमिसन गर्ने” र वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्ने जिम्मेवारी दिइएको बताईएको छ।

वायुसेना पाइलट चेन डोङको नेतृत्वमा, तीन सदस्यिय चालक दलको मुख्य चुनौती स्टेशनको दुई ल्याब मोड्युललाई मुख्य निकायमा जोड्नु हुनेछ।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...