आइस्पानको आकस्मिक बैठक बस्दै, विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा दिन नसकिने निर्णय गरिँदै

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
आइस्पानको आकस्मिक बैठक बस्दै, विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा दिन नसकिने निर्णय गरिँदै

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको कार्यालय, डाटा सेन्टर र सर्भरलगायतका स्थानमा धमाधम विद्युत सेवा काटिदिएसँगै ती स्थानहरुमा इन्टरनेट सेवा बन्द हुने अवस्था आएको छ।

केहि दिनअघि इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानले प्रेस विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकरणका कारण देशभर जुनसुकै समयमा जतिबेला पनि इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएको थियो ।

सो विज्ञप्तीमार्फत आइस्पानले प्राधिकरणले हचुवाको भरमा विद्युत सेवा काटिदिएको र इन्टरनेट सेवा दिन असमर्थ भएको बताएको थियो।

इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणलाई यसअघि सरकारले गठन गरेको भाडादर सिफारिस समितिको प्रतिवेदनको आधारमा भाडा बुझाउन तयार भएको भन्दै प्राधिकरणमा स्वयं उपस्थित भई पत्रसमेत बुझाएका छन्।

तर प्राधिकरणले उक्त प्रतिवेदनलाई नमानेको र विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँ पारेर देशभरका सेवा प्रदायकहरुको डाटा सेन्टरमा प्रयोग भईरहेको विद्युत लाईन कादिएको छ। जसले गर्दा विभिन्न स्थानहरुमा सेवा अवरुद्ध भएको आइस्पानले  यसअघि नै जानकारी दिएको छ।

यसै बिषयमा आजै आइस्पानको आकस्मिक बैठक बस्दैछ। सो बैठकले विद्युत आपूर्ति बन्द गरिएका स्थानहरुमा इन्टरनेट सेवा दिन नसक्ने विषयमा छलफल हुने र निर्णय गर्ने संभावना रहेको छ।

आइस्पानले यस विषयमा आफूसम्बद्ध निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत समस्याको बारेमा जानकारी गराईसकेको छ।

“तर विद्युत प्राधिकरणले अझै आपूर्ति बन्द गरिरहेको छ। जसले गर्दा सेवाग्राहीहरुले समस्या भोगिरहेका छन तर समाधानको केहि स्पष्ट विकल्प पाईएको छैन्,” आइस्पानका एक सदस्यले भने, “यसै विषयमा आज छलफल हुने र निर्णय गरिनेछ।”

सो बैठकले आगामी दिनमा हुनसक्ने विद्युत आपूर्ति अवरोध र अवरोध भएका स्थानहरुमा इन्टरनेट सेवा दिन नसकिने बारेमा समेत ठोस निर्णय गर्नसक्ने बताईएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार