
काठमाडौं ।
चेन्जिङ रुम, होटेल वा सार्वजनिक शौचालयमा लुकाएर क्यामरा राखिएका अर्थात हिडन क्यामरा भएको खबर हरेक दिन सुन्छौं। कयौं पटक हामी यी ठाउँहरूमा जान्छौं, र त्यस बेलामा पनि हाम्रो दिमागमा पहिलो प्रश्न आउँछ कि क्यामरा जडान गरिएको छ कि छैन। हामीमध्ये धेरैलाई लुकाएर राखिएको क्यामरा कसरी फेला पार्ने जस्ता ट्रिकहरू बारे थाहा छैन्।
आज हामी तपाईलाई लुकेको क्यामरा पत्ता लगाउने केही उपायको बारेमा बताउन गइरहेका छौं। त्यसैले जासूसी क्यामरा पत्ता लगाउने तरिका जानौं।
भौतिक निरीक्षण
आफु बस्ने होटलका कोठा अवलोकन गर्ने कौशल बढाउनुहोस्। यदि तपाईंलाई कोठामा ग्याजेटहरू अनौठो तरिकाले राखिएको छ जस्तो लाग्छ भने, तपाईंले सतर्क हुन आवश्यक छ। कोठा र वाशरूमहरूमा धुवाँ पत्ता लगाउने उपकरण स्मोक डिटेक्टरमा पनि क्यामराहरू पनि लुकाईएका हुनसक्छन्, त्यसैले तिनीहरूलाई थप हेर्नुहोस्। भित्ताको सजावट, बिजुली आउटलेटहरू, टिस्यु बक्सहरू, वाल सकेटहरू, डेस्क प्लान्टहरू र एयर फिल्टर उपकरणहरू पनि जाँच गर्नुहोस्।
मोबाइल फोनको फ्ल्याश टर्च प्रयोग गर्नुहोस्
धेरैजसो क्यामराको लेन्समा लाइट राखिएको हुन्छ। त्यसैले लुकाएर राखिएका हिडन क्यामराका बत्ती चम्किन सक्छ, तर तपाइँ यसलाई कसरी जाँच गर्नुहुन्छ? कोठाको सबै बत्तीहरू बन्द गर्नुहोस् र कोठा स्क्यान गर्न आफ्नो स्मार्टफोनको फ्ल्यासलाइट खोल्नुहोस्। यदि तपाइँले त्यहाँ बत्ती देख्नुहुन्छ भने तपाइँ जाँच गरेर लुकाईएका क्यामरा पत्ता लगाउन सक्नुहुनेछ।
कोठामा कुनै पनि शंकास्पद उपकरणहरू छन भने छोप्नुहोस्
यदि तपाईंले आफ्नो कोठामा संदिग्ध यन्त्रहरू फेला पार्नुभयो र तपाईंलाई थाहा छैन कि तिनीहरू के हुन् र केका लागि प्रयोग गरिन्छन् भन्ने थाहा छैन भने त्यसलाई छोप्नुस वा हटाउनुहोस् । उत्तम कुरा भनेको कुनैपनि संकास्पद डिभाइसलाई अनप्लग गर्नु र यसलाई तौलियाले छोप्नु हो। तपाईंले यसलाई दराज भित्र पनि राख्न सक्नुहुन्छ।
एप डाउनलोड गर्नुहोस्
यदि तपाईंले आफ्नो कोठामा लुकाएर राखिएको डिभाइस वा क्यामराको सुराग फेला पार्नुभएन भने तपाईंले एप्लिकेसन डाउनलोड गर्न सक्नुहुन्छ । जसले रेकर्डिङ यन्त्रको फ्रिक्वेन्सी स्क्यान गर्ने गर्दछ। डिटेक्टिफाइ वा राडारबोट केही एपहरू हुन् जुन तपाईंले एन्ड्रोइड फोनहरूमा डाउनलोड गर्न सक्नुहुन्छ। यी धेरै एपहरू तपाईं नजिकै भएका हिडेन क्यामराहरू फेला पार्न निःशुल्क उपलब्ध छन्।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार