इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

काठमाडौं ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा रु. एक हजारसम्म क्यासब्याक पाइने भएको छ।

इसेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु एक हजारसम्म क्यासब्याक पाइने भएको हो। यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ। यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितिबाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइने कम्पनीले जनाएको छ।

यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ। यस योजनामा हरेक दिन एक जनाले एक हजार र बम्पर उपहारमा रु. एक लाख रुपैयाँ जित्न सकिनेछ।

साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ। हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • २३ जेष्ठ २०७९, सोमबार