मधेस प्रदेश सरकारले आगामी वर्ष कक्षा १२ का छात्रालाई ल्यापटप वितरण गर्ने

Technology Khabar २२ जेष्ठ २०७९, आईतवार

काठमाडौं ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण गर्ने भएको छ।

प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा नीति तथा कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल र १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण उल्लेख गरिएको छ।

“प्रदेशका सामुदायिक विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराईनेछ र सोको नियमित अनुगमन सामाजिक विकास मन्त्रालयबाट हुनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ।

त्यसैगरी प्रमुख शहरहरुमा विद्युतीय बस संचालन, चार्जिङ स्टेशन लगायत आवश्यक पूर्वाधारहरुको प्रबर्द्धन र थप बिस्तारको लागि सरकार, सहकारी, निजी क्षेत्र तथा अन्य निकायसँग सहकार्य गर्ने भएको छ। साथसाथै प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिनेछ।

प्रदेशले सरकारी विज्ञापन तथा सूचनाका लागि एकद्धार सूचना प्रणाली अबलम्बन गरिने भएको छ।

मधेश सरकारले आगामी आवमा विज्ञान प्रविधि प्रयोगशालाको स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया