भूगर्भविदद्वारा सुपरकम्प्युटरको प्रयोग गरेर ज्वालामुखी विष्फोटको पूर्वानुमान

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
भूगर्भविदद्वारा सुपरकम्प्युटरको प्रयोग गरेर ज्वालामुखी विष्फोटको पूर्वानुमान

काठमाडौं ।

भूगर्भविदहरुले अब सुपरकम्प्युटरको प्रयोग गरेर ज्वालामुखी विष्फोटको पूर्वानुमान गर्न सक्ने भएका छन्।

सुपरकम्प्युटर र रणनीतिक मोडलिङ प्रोग्रामका माध्यमबाट भूगर्भविदहरुको एउटा टोलीले ५ महिनाअघि सिएरा नेग्रा ज्वालमुखी विष्फोट हुनुअघि पूर्वानुमान गरेका थिए।

यो पूर्वानुमान प्रणाली २०१७ मा भूगर्भका प्राध्यापक प्याट्रिसिया ग्रेगको टोलीले स्थापना गरेको थियो। उनीहरुले ब्लू वाटर तथा आईफोर्ज नामक सुपरकम्प्युटरमा उक्त प्रणाली राखेका थिए।

त्यसैबेला अर्को टोली इक्वेडरको गालापागोस द्वीपमा रहेको सिएरा नेग्रा ज्वालामुखीको अनुगमन गरिरहेको थियो।

उक्त मोडल शुरुमा आईम्याकमा डेभलप गरिएको थियो जसमार्फत् सन् २००८ मा अलास्काको ओकमोक ज्वालामुखी विष्फोटनको पूर्वानुमानमा प्रयोग गरिएको थियो।

ग्रेगको टोलीले उक्त मोडलको हाइ पर्फर्मेन्स कम्प्युटिङ अपग्रेडको परीक्षण गरेका थिए जसबाट उनीहरुले सिएरा नेग्रा ज्वालामुखीको बारेमा पाइएको तथ्याङ्कले निकट भविष्यमै विष्फोट हुने देखाएको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...