होण्डा यू-गो इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक हुँदै

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
होण्डा यू-गो इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक हुँदै

काठमाडौं ।

जापानी टु ह्विलर निर्माता होण्डा मोटरसाइकलले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर होण्डा यू-गो सार्वजनिक गर्ने भएको छ। कम्पनीले गत वर्ष चीनमा होण्डा यू-गो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो।

होण्डाले इलेक्ट्रिक स्कुटर दुई भेरियन्टमा उपलब्ध गराएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। होण्डा यू-गो १.२ किलोवाट र १.८ किलोवाटमा उलब्ध छ।

यो स्कुटरको अधिकतम स्पिड ५३ किलोमिटर प्रति घण्टा र फुल चार्जमा ६५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ।

होण्डा यू-गोमा एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल छ जसमा ब्याट्रीको स्थिति, रेञ्ज, मोड र गति, यूएसबी चार्जिङ पोर्ट, एन्टी-थेप्ट अलार्म, २६ लिटर बुट स्टोरेज, एलईडी डे-टाइम रनिङ लाइट र शार्प एलईडी टेल ल्याप लगायत फिचर छ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार