टेस्लासँग सेप्टेम्बर ३० सम्ममा काम गर्ने मानवीय रोबोटको प्रोटोटाइप हुनसक्ने

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
टेस्लासँग सेप्टेम्बर ३० सम्ममा काम गर्ने मानवीय रोबोटको प्रोटोटाइप हुनसक्ने

काठमाडौं ।

टेस्लासँग २०२२ को तेस्रो त्रैमासिकको अन्त्य अर्थात सेप्टेम्बर ३० सम्ममा टेस्ला बोटको रुपमा काम गर्ने प्रोटोटाइप हुन सक्ने इलन मस्कले घोषणा गरे। सो प्रोटोटाइपलाई टेस्लाको ह्युमनोइड रोबोट ‘अप्टिमस’  पनि भनिनेछ।

गत महिना, मस्कले अगस्त १९ मा धेरै राम्रा अपडेटहरूसहित “टेस्ला एआई डे #२” (Tesla AI Day #2) आयोजना हुने घोषणा गरे।

गत वर्ष आयोजित मूल “टेस्ला एआई डे” कम्पनीको सेल्फ-ड्राइभिङ कार्यक्रममा केन्द्रित कार्यक्रम थियो। त्यसमा अटोमेकरले आफ्नो डोजो सुपर कम्प्युटर पनि अनावरण गर्यो र “टेस्ला बोट” ह्युमनोइड रोबोटको लागि योजनाहरू घोषणा गर्यो, जसलाई अब टेस्ला अप्टिमस भनिन्छ।

एआई डे #२ पहिलो दिनको एक वर्ष पछि पुरानै मितिमा आयोजना गर्ने भनिएको थियो, तर मस्कले सेप्टेम्बर ३० सम्म कार्यक्रम ढिलाइ गरिने शुक्रबार ट्विटरमार्फत बताए।

ढिलाइको कारणको रूपमा, सीईओले टेस्लासँग काम गर्नसक्ने अप्टिमसको प्रोटोटाइप हुनसक्ने उल्लेख  गरेका छन्।

गत वर्ष पहिलो पटक परियोजनाको घोषणा गर्दा, मस्कले टेस्लासँग २०२२ को अन्त्यसम्ममा काम गर्ने प्रोटोटाइप हुने बताएका थिए। र हालै सीईओले कम्पनीले २०२३ मा रोबोटको उत्पादन सुरु गर्ने लक्ष्य राखेको पनि बताए।

जनवरीमा, सीईओले टेस्लाले अन्य उत्पादनहरू भन्दा २०२२ मा अप्टिमस ह्युमनोइड रोबोटको उत्पादन विकासलाई प्राथमिकता दिइरहेको बताएका थिए।

टेस्लाले रोबोट निर्माण गर्न विद्युतीय सवारी साधनका लागि पावर इलेक्ट्रोनिक्स र ब्याट्रीहरूमा आफ्नो विद्यमान विशेषज्ञताको लाभ उठाउने योजना बनाएको छ र यसलाई मस्तिष्क दिनको लागि यसको आफ्नै एआई विशेषज्ञता प्रयोग गर्ने छ।

शुरुवातमा यसले साधारण र सजिलो काम गर्नेछ भने पछि यसलाई गाडी उत्पादन जस्ता काममा लगाईने बताईएको छ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार