
काठमाडौं ।
भारतको सञ्चार स्याटेलाइट (उपग्रह) जीस्याट-२४ फ्रेन्च गुयानाको कोउरोबाट जुन २२ मा एरियनस्पेसले प्रक्षेपण गर्ने भएको छ।
सो बारेमा जानकारी दिँदै, भारतको अन्तरिक्ष एजेन्सी इसरोले भारत सरकारको अन्तरिक्ष विभाग (डीओएस) अन्तर्गत पर्ने न्यूस्पेस इण्डिया लिमिटेड (एनएसआईएल) ले पहिलो डिमान्ड ड्राइभ मिशन अन्तर्गत यसलाई सुरु गरेको बताएको छ।
एनएसआईएल, एक पीएसयू हो जसले भारतको टाटा स्काईको लागि मागमा संचालित संचार स्याटेलाइट प्रक्षेपण गर्न गइरहेको छ।
जीस्याट-२४ एक २४ केयू ब्यान्ड संचार स्याटेलाइट हो। यसको तौल ४,१८० किलोग्राम छ। यसले देशभरका डीटीएच एपहरूको आवश्यकताहरू पूरा गर्नेछ। एक बयानमा, इसरोले बताएअनुसार एनएसआईएलले सम्पूर्ण स्याटेलाइट क्षमता ‘टाटा प्ले’ लाई भाडामा दिएको छ। भारतीय डीटीएच तथा एप्लिकेसन सेवा प्रदायक टाटा प्ले पहिले टाटा स्काई भनेर चिनिन्थ्यो।
सी-१७ ग्लोबमास्टर विमानबाट मे १८ मा प्रक्षेपण स्थलमा सो स्याटेलाइट र सम्बन्धित उपकरण पठाइएको थियो। त्यहाँ त्यसको स्वास्थ्य र कार्यसम्पादन जाँच भइरहेको छ।
एरियनस्पेसले जियोस्टेशनरी टेलिकम्युनिकेशन स्याटेलाइट्स – एमईएस्याट -३डी र जीस्याट-२४ एरियन ५ रकेटमार्फत पठाइने जानकारी दिएको छ। यी मध्ये पहिलो स्याटेलाइट मलेशियन ग्राहकहरुको लागी हो।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार