प्रतिष्ठित एम्बेस्डर कार अल न्यु इलेक्ट्रिक मोडलमा पुनरागमन गर्दै

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
प्रतिष्ठित एम्बेस्डर कार अल न्यु इलेक्ट्रिक मोडलमा पुनरागमन गर्दै

काठमाडौं ।

हिन्दुस्तान मोटर्सको प्रतिष्ठित एम्बेस्डर कार इलेक्ट्रिक मोडलमा पुनरागमन हुने भएको छ।

केही दशक अघिसम्म एम्बेस्डर कार भारतको सडकमा सहजै देख्न सकिन्थ्यो। तत्कालीन समयमा एम्बेस्डर कारलाई भारतीय उपभोक्ताले आफ्नो प्रतिष्ठाको रुपमा लिने लिन्थे।

उत्पादन प्लान्ट बन्द भएको वर्षौंपछि एम्बेस्डर कार प्राविधिक रुपमा उन्नत मोडलसहित बजारमा पुनरागमन गर्ने अपेक्षा गरिएको डीएनएइन्डियाले उल्लेख गरेको छ।

मिडिया रिपोर्टका अनुसार हिन्दुस्तान मोटरले भारतमा पुन एम्बेस्डर कार ल्याउने छ। अब आउने नयाँ एम्बेस्डर कार भने इलेक्ट्रिक हुनेछ।

भारतीय बजारमा बढ्दो इलेक्ट्रिक कारको मागलाई एम्बेस्डरले ‘अल न्यू कार’को रुपमा सम्बोधन गर्नेछ।

कम्पनीले यूरोपको इलेक्ट्रिक सवारीसाधन उत्पादक प्यूजोसँगको सहकार्यमा इलेक्ट्रिक कार ल्याउने भएको हो। रिपोर्टका अनुसार दुई कम्पनीबीच सम्झौतामा हस्ताक्षर भइसकेको छ।

हिन्दुस्तान मोटर र यूरोपियन कम्पनीबीच ५१ः४९ अनुपातमा सेयर स्वामित्व बाडफाँड भएको छ। जसको अधिकतम हिस्सेदार हिन्दुस्तान मोटर्स रहने छ।

कम्पनीले पहिलो चरणमा इलेक्ट्रिक कार भने ल्याउने छैन। शुरुवातमा इलेक्ट्रिक टु-ह्वीलर सार्वजनिक गरिनेछ। त्यसपछि कम्पनी क्रमिक रुपमा इलेक्ट्रिक फोर ह्वीलरमा प्रवेश गर्नेछ।

सन् १९७० को दशकसम्म एम्बेस्डर कारले एकछत्र रुपमा भारतीय सडकमा राज गरेको थियो। सस्तो मारुती ८०० सार्वजनिक भएसँगै एम्बेस्डरको दबदबा अन्त्य भएको थियो।

अब इलेक्ट्रिक कार मार्फत् एम्बेस्डर आफ्नो पुरानो प्रतिष्ठालाई फर्काउने योजनामा रहेको छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...