
काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मले आगामी जुन ९ तारिखदेखि मेटा टिकरअन्तर्गत स्टक कारोबार शुरु गर्ने भएको छ।
कम्पनीले मंगलबार नास्दाकमा आफ्नो क्लास ए कमन स्टक ट्रेडिङ गर्ने बताएको छ।
यसअघि एफबी नाममा भइरहेको कारोबार अब भने मेटा अन्तर्गत हुने रोयटर्सले उल्लेख गरेको छ।
कम्पनीले फेसबुक इंक नाम परिवर्तन गरेर गत वर्षको अक्टोबरमा मेटा प्लेटफर्मको नाममा रिब्राण्डिङ गरेको थियो।
यसले मेटाभर्स निर्माण गर्ने उद्देश्य राखेकाले कम्पनीको नाम पनि त्यसै अनुसार परिवर्तन गरेको थियो।
हाल चलिरहेको एफबी नामको टिकर कम्पनीको सन् २०१२ मा खोलिएको पहिलो आईपीओको बेलादेखि नै प्रयोगमा आइरहेको थियो।
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार