काठमाडौं ।
नासाको इन्जेनुइटी हेलिकप्टरले मंगल ग्रहमा उडान गर्ने अर्को उपलब्धि बनाएको छ र यसको भिडियो फुटेज पृथ्वीका बासिन्दाहरूलाई पठाएको छ। यो मंगल ग्रहमा इन्जेनुइटी हेलिकप्टरको २५औं उडान थियो।
नासाले हालै यसको भिडियो सार्वजनिक गरेको छ। नासाले यो हेलिकप्टरको अहिलेसम्मकै लामो र तिब्रगतिको उडान भएको बताएको छ।
अप्रिल १८ मा, नासाको मार्स हेलिकप्टर इन्जेनुइटीले मंगल ग्रहमा फेरि उडान भरेको थियो। यसले १९ किलोमिटर/घण्टाको गतिमा २,३१० फिट (७०४ मिटर) दूरी तय गर्यो। नासाले केहि दिन अघि यो भिडियो जारी गरेको थियो, जसमा मंगल ग्रहको हेलिकप्टरको उडानको रोमान्चक दृश्य देखाइएको छ। अहिले नासाको टोलीले आफ्नो २९ औं उडानको तयारी गरिरहेको छ।
एक विज्ञप्तिमा, दक्षिणी क्यालिफोर्नियामा नासाको जेट प्रोपल्सन प्रयोगशालामा इन्जेनुइटी टोलीका प्रमुख टेडी जनाटोसले एक विज्ञप्तिमा भने, “इन्जेनुइटी हेलिकप्टरको तल्लो भागमा रहेको नेभिगेसन क्यामराले मंगल ग्रहको सतहबाट ३३ फिट माथिबाट खिचेको दृश्य देखाएको छ। १९ किलोमिटर प्रति घण्टामा उडान गर्दा कस्तो लाग्छ?”
हेलिकप्टर उडेको एक सेकेन्ड पछि यो भिडियो सुरु हुन्छ। ३३ फिटको उचाइमा पुगेपछि हेलिकप्टर उड्न थाल्छ । यसको छाया मंगल ग्रहको सतहमा तीव्र गतिमा घुमिरहेको देख्न सकिन्छ। तीन सेकेन्डमा हेलिकप्टर अधिकतम गतिमा पुग्छ। सो फुटेजलाई पाँच गुणा फास्ट गरिएको भनिएको छ। त्यसैले १६१ सेकेन्डको उडान ३५ सेकेन्डभन्दा कम मात्रै भएको देखिन्छ।
भिडियो फुटेजमा दानाहरू जस्तो देखिन्छन् र यसले हामीलाई मंगल ग्रहको मरुभूमि जस्तो सतहमा उडेको अनुभूति दिन्छ। सुरुमा यसमा बलौटे सतह देखिन्छ र त्यसपछि चट्टानी सतह हुन्छ। अवतरणको समयमा हेलिकप्टरले फेरि बलौटे सतह देखाएको छ जुन अवतरणका लागि सुरक्षित थियो। तलको ब्ल्याक एण्ड व्हाइट क्यामरा यसरी डिजाइन गरिएको छ कि यो स्वचालित रूपमा सतहबाट ३ फिटको दूरीमा अवतरण हुने बेलामा बन्द हुन्छ जसले गर्दा नेभिगेसन प्रणाली बालुवा आदिले क्षति नहोस्।
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार