
काठमाडौं ।
नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्लुसिभ लीग तालिकामा सुचीकृत भएको छ।
आईजे ग्लोबल यूरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डाटा स्रोत मानिन्छ। आईजे ग्लोबल तथ्यांकले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।
यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ। वरीयता लीग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ, जुन जी-एसआईबी शीर्ष २० औंमा पर्न सफल भएको छ। लीग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको जनाएको छ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार