
काठमाडौं ।
बागमती प्रदेशले स्याटेलाइट क्लिनिक र टेलि-मेडिसिनका माध्यमबाट स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा बागमती प्रदेशले स्याटेलाइट क्लिनिक र टेलि-मेडिसिनका माध्यमबाट स्वास्थ्य सेवा प्रवाह गर्ने घोषणा गरेको हो।
आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र आकस्मिक स्वास्थ्य सेवालाई सुनिश्चित गरी गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच स्थापित गर्ने प्रदेशले नीति लिएको छ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार