बागमती अब डिजिटल प्रदेश

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
बागमती अब डिजिटल प्रदेश

काठमाडौं ।

बागमती अब डिजिटल प्रदेश हुने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मार्फत् बागमती प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्न सबै क्षेत्रमा सूचना प्रविधिलाई विस्तार गरी सूचना प्रविधिमा आधारित व्यावहारिक योजना र रणनीति बनाउने घोषणा गरिएको हो।

प्रदेशमा सञ्चारग्राम, सूचना केन्द्र, आईटी पार्क स्थापना गरिनेछ।

प्रदेशभित्र रहेका विद्युतीय सञ्चार माध्यमको दर्ता, इजाजत तथा नवीकरण प्रदेशमै गर्न प्रोत्साहित गरिनेछ। त्यस्ता सञ्चार गृहहरुको प्रभावकारी नियमनका लागि प्रदेश सञ्चार प्राधिकरण स्थापना गरिनेछ।

प्रदेशभित्रका सञ्चारकर्मीहरुको हकहितको लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार