
काठमाडौं ।
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमालले ह्वाटसएपमार्फत नगरवासीका गुनासा, सुझाव समस्या सम्बोधन गर्ने भएका छन्। यसको लागि उनले ह्वाटसएप नम्बर सार्वजनिक गरेका छन् ।
हमालले सोमबार पत्रकार सम्मेलन गर्दै ‘ह्वाट्स एप’ मार्फत गुनासो तथा सुझाव दिन ९८५८४८८८९५ नम्बर प्रयोगमा ल्याइएको जानकारी दिएका हुन् ।
सो नम्बरमार्फत उपमहानगरपालिकाले सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह तथा सुझाव लिने बताईएको छ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार